Thursday, July 11, 2013

===मलेसियामा नेपालीलाई २१बर्ष जेल सजायँ===

बंगलादेशी कामदारको हत्या गरे
जना नेपाली युवाले
मलेसियामा २१ वर्षको जेल
सजाय पाएका छन् ।
साहआलममा रहेको फ्याक्ट्रीमा
अदालतले २३ वर्षीय मिलन
मगरलाई २१ वर्षको जेल सजाय
सुनाएको हो ।
उनको नेपालको घर ठेगाना भने
खुलाइएको छैन ।
मलेसियाको दैनिक पत्रिका द
स्टारको अनलाइन
संस्करणमा जनाइएअनुसार आफु
बसिरहेको कुर्सी मागेको विषय
लिएर उत्पन्न विवादका कारण
मगरले बंगलादेशी नागरिक फारुक
मिआहको चक्कु प्रहार
गरी हत्या गरेका थिए ।
मगरलाई सुरुमा दण्ड
संहिताको ३०२ खण्ड
अनुसारको अभियोग
लगाइएको थियो, जस अनुसार
उनलाई मृत्युदण्डको सजाय
हुन्थ्यो । तर अदालतले उनलाई दण्ड
संहिताको ३०४ ए को कसूर ठहर
गर्दै २१ वर्षको जेल सजाय
सुनाएको हो । उनलाई
लागेको जेल सजाय पक्राउ
परेको मिति देखि नै लागु हुनेछ ।
न्यायाधीश अब्दुल अलिम
अब्दुल्लाहका अनुसार पीडित
मृतकको शरीरमा गम्भीर चोट
रहेको र टाउकोमा मात्रै ७
ठाउँमा चोट थियो । घटना सन्
२०११ कोे जनवरी २२
तारेखमा स्थानीय समय अनुसार
बिहान १०ः५० मा भएको थियो ।

No comments:

Post a Comment