Thursday, July 4, 2013

indian students made smart watch

विद्यार्थीहरुले बनाए विश्वकै
पहिलो अत्याधुनिक स्मार्ट
घडी
एप्पल, गुगल
तथा सोनी जस्ता कम्पनीहरुलाई
पछि पार्दै भारतीय
विद्यार्थीहरुको एक समूहले
विश्वकै पहिलो अत्याधुनिक
सुविधा सम्पन्न घडी स्मार्ट वाच
बनाएका छन् । एन्ड्रोइडली नाम
दिइएको उक्त घडीमा ब्लु टुथ,
जिपिएस, वाइफाइ
तथा क्यामरा लगायतका सुविधा रहेको

स्मार्ट वाच बनाउने
कस्सिकएका नामूद
कम्पनीहरुलाई पछि पार्दै
यस्तो घडीको डिजाइन गर्ने
मध्येका एक
जना विद्यार्थी केवल १७
वर्षका मात्र छन् । अंकित प्रधान,
पभनित सिंह पुरी,
अपूर्भा सुकान्त र सिद्धान्त
बातस नामका युवा तथा किशोर
विद्यार्थीहरुले यो स्मार्ट
घडीको आविष्कार गरेका हुन् ।
Emण्डै १४ हजार भारु मूल्य
तोकिएको उक्त स्मार्ट वाचलाई
मोबाइल फोनको रुपमा समेत
प्रयोग गर्न सकिने र यसमा १६
जिबीको स्टोरेज क्षमता समेत
हुने बताइएको छ ।
प्रचलनमा रहेका पेबल
तथा सोनीको लाइभ वाच
जस्ता स्मार्ट घडी वायरलेस
प्रविधिबाट मोबाइलसँग कनेक्ट
गर्न सकिने
भएपनि एन्ड्रोइडली भने
त्यस्तो पहिलो स्मार्ट
घडी हो जसमा अपरेटिङ सिस्टम
पूरै इन्टिग्रेट गरिएको हुन्छ ।
यो घडी एन्ड्रोइड २.२
फोरोयो अपरेटिङ सिस्टमबाट
संचालित हुन्छ ।
यो स्मार्ट घडीमा २
इन्चको स्त्रिmन, २ मेगापिक्सेल
क्यामराका साथै स्पिकर र
माइक्रोफोन समेत राखिएको छ
भने यसलार्य स्टोरेज
डिभाइसको रुपमा समेत प्रयोग
गर्न सकिन्छ । यो स्मार्ट
घडी मोबाइल फोन चार्ज
गर्नमा समेत प्रयोग गर्न सकिने
बताइन्छ ।
यसमा अन्य फिचर्समा १६० ग्राम
तौल, २५६ एम बी को र्याम, ४१६
मेगाहर्जको प्रोसेसर, रिमुभेवल
स्टोरेज डिभाइस, ३२० गुणा २४०
स्त्रिmन रिजोलुसन
लगायतका रहेका छन् ।
यो स्मार्ट घडीको अनलाइन
मार्फत अर्डर लिन
थालिएको एन्ड्रोइडली स्मार्ट
मार्केटिङ अफिसर सिद्धान्तले
बताएका छन् । एन्ड्रोइड डट एल
वाइ नामक वेबसाइटमार्फत
यो स्मार्ट घडीको अर्डर गर्न
सकिनेछ

No comments:

Post a Comment